पोखरा । साफ च्याम्पियनशिप अण्डर १७ फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
खेल भुटानमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ । भुटानसँग नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।
यसअघि भएको दोस्रो खेलमा श्रीलङ्कालाई चार गोलले हराएको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।
नेपालको दुई खेलमा तीन अङ्क छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका खेल असोज १२ र फाइनल खेल १४ गते हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution