श्रीलंकामा संसद विघटन, नोभेम्बर १४ मा आम निर्वाचन

  • पोखरा न्यूज
  • २०८१ आश्विन ९
श्रीलंकामा संसद विघटन, नोभेम्बर १४ मा आम निर्वाचन

पोखरा । श्रीलंकाका राष्ट्रपति अनुराकुमार दिसानायकेले संसद विघटन गरेका छन् । राष्ट्रपति दिसानायकले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरी संसद विघटन गरेका हुन् ।

श्रीलंकामा पछिल्लो संसद अधिवेशन अगस्त २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।

राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पारेका थिए ।

गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद भंग गरेर निर्वाचनको मिति तोकेका हुन् ।

श्रीलंकाको नवौँ राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताको सम्मान पुनःस्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।

साथै उनले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताएका थिए । उनले आफू जादुगर नभई आर्थिक संकटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने आफ्नो लक्ष्य रहेको बताए ।

उनले भनेका थिए, ‘‘म जादूगर होइन, म यो देशमा जन्मेको एक आम नागरिक हुँ, मसँग क्षमता र असक्षमता छ, मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन, मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो, सामूहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।’



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस