समतामूलक समाज निर्माणमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ : पौडेल

  • पोखरा न्यूज
  • २०८१ आश्विन ९
समतामूलक समाज निर्माणमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ : पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समतामूलक समाज निर्माणमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । रूपान्तरकारी समाज निर्माणमा सबै लागि पर्न निर्देशनसमेत उनले दिए ।

जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजित जनप्रतिनिधिका लागि दलितमैत्री कानून व्यवहारिक सिकाई अभ्यास र अनुभव विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

संविधान र कानूनले व्यवस्था गरेका बिषय र अभ्यासको क्रममा देखिएका कठिनाई निराकरण सम्बन्धमा कार्यक्रममा छलफल भएको थियो ।

कास्कीका सबै पालिकामा दलितमैत्री नीति, कार्यक्रम र बजेट अझै थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिन पौडेलले आग्रह गरे ।

कास्कीमा दलितमैत्री कानूनको व्यबहारिक कार्यान्वयनसहित कठिनाइको पहिचान र निराकरणका निम्ति सो कार्यक्रम आयोजना गरिएको उनले बताए ।

अधिवक्ता भगवती पहारीले दलितमैत्री कानुन र व्यवहारिक अभ्यास सिकाई र अनुभव विषयमा कार्यपत्रसहित कार्यक्रममा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा कास्कीका पालिकाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सदस्य सहभागी थिए ।

साथै कार्यक्रममा डेङ्गु रोग कारण रोकथाम र उपचारका सम्बन्धमा सचेतनामूलक प्रशिक्षणसमेत गरिएको थियो ।

जिसस प्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस