पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत पोखरा-२२ मा सरोकारवालासँग छलफल गरेको छ ।
कार्यक्रममा पोखरा-२२ का जनप्रतिनिधिसहित टोल विकास संस्था, आमा समूह, बाल क्लब एवं अन्य नागरिकको उपस्थिति थियो ।
छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदम, कानूनी पक्ष, वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको थियो ।
सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी पक्षबारे जानकारी गराएका थिए ।
सो अवसरमा गण्डकी प्रदेशका सभासद प्रकाश बरालले बालश्रम न्यूनीकरणका निम्ति उद्योग वाणिज्य संघले निभाएको भूमिका प्रशंसनीय भएको बताए ।
निजी क्षेत्रले सामाजिक उत्तरदायित्वका साथै समाज सुधारको क्षेत्रमा पनि योगदान गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यवाहक वडाध्यक्ष सञ्जीव गुरुङले बालबालिकाको हितका लागि वडाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
बाल तथा युवा क्लबलाई प्रशिक्षण
सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका तथा भूमिहीन नागरिकको बस्तीमा सिकाइ केन्द्रसमेत संचालन गर्दै आइरहेको छ ।
ती ठाउँहरुमा रहेका बालबालिका तथा युवाहरुलाई एकत्रित गरी बाल तथा युवा क्लब पनि गठन गर्दै रचनात्मक कार्य पनि हुँदै आएको केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनले बताए ।
पोखराका विभिन्न ८ ठाउँमा रहेका ती केन्द्रहरुमार्फत् बालबालिकाहरुलाई गृहकार्य गर्न सघाउने तथा क्षमता अभिवृद्धिका लागि तालिम र विविध कार्य गरिँदै आएको उनको भनाइ छ ।
यही उपक्रममा केन्द्रको कम्युनिटी हब परियोजनाअन्तर्गत गठित नौ वटै बाल क्लबका ३२ जना बालबालिकालाई आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको छ ।
सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालको प्रशिक्षण रहेको कार्यक्रमको संयोजन परियाजना सुभरभाइजर अन्जना कोइरालाले गरेकी थिइन् ।
युवालाई पनि तालिम
केन्द्रको पहलमा गठन भएका आठ वटा सिकाइ केन्द्रमा गठन भएका युवा क्लबका पदाधिकारीका निम्ति दुई दिने वृत्ति विकास तालिम पनि प्रदान गरिएको छ ।
तालिममा व्यक्तिगत विकास, उद्यमशीलता, स्वयंसेवाको अवधारणाबारे भक्तराज रसाइलीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ६४ जनाको सहभागिता भएको थियो ।
सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रम किडासाको सहयोगमा सम्पन्न भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution