पोखरा । नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले पोखरा, विराटनगर र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ ।
निगमले नजिकिएको बडादशैँ, तिहार तथा छठ जस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो ।
नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका टिकट काठमाडौँ बाहिर हाल भैरहवास्थित निगमको कार्यालयबाटमात्र बिक्री वितरण भइरहेकोमा आगामी बडादशैँ, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चातसमेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानबाट यात्रा गर्न सहजरुपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्जस्थित कार्यालयबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धित विभागीय प्रमुखलाई निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष निर्देशन दिएका छन् ।
साथै, यात्रुले आफ्नो मोबाइलबाट वा निगमको वेभ साइटबाट समेत अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत सेवा दिदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङ सेवा लिने विश्वास लिइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution