काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी गत आइतबार विद्युतीय अपराध कसूरमा पक्राउ परेका थिए ।
यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा बुधबार पुनः म्याद थप गरिएको छ । प्रसाईलाई प्रहरी र्वत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
यसअघि आइतबार दिउँसो पक्राउ परेका उनलाई आइतबारै वीर अस्पतालमा लगेर भर्ना गरिएको थियो । प्रहरीले उनलाई राप्रपाकी नेतृ ज्वाला संग्रौलाले दिएको उजूरीको आधारमा पक्राउ गरेको थियो ।
नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार कसूरमा पक्राउ गरिएको साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताएका छन् ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि संग्रौलाले उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा साइबर व्युरोले भक्तपुर प्रहरीको सहयोगमा सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
प्रसाईंमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने ब्युरोको तयारी छ ।
‘उनीविरुद्ध दफा ४७ आकर्षित हुने प्रहरीले जनाएको छ । दफा ४७ मा ‘कम्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्धेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ उल्लेख गरिएको छ ।
४७ को उपदफा २ अनुसार यो कसूर पटक पटक गरेमा त्यस्तो कसूर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने छ । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै काठमाडौँ जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution