पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले चाडपर्वलक्षित विशेष छुट योजना ल्याएको जनाएको छ ।
बिहीबारदेखि कात्तिक महिनाभर लागू हुने योजनामा युआरएलको मुख्य कार्यालय पोखरा सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ ।
सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी प्राविधिकबाट स्थापनाको ११ वर्षमा करिब आठ लाखलाई यसले सेवा दिइसकेको जनाएको छ ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद पन्तले चाडपर्वका बेला सेवाग्राहीलाई उपहारमा रुपमा छुट योजना ल्याएको बताए ।
उनले भने, ‘स्थापनादेखि नै हामी सामाजिक उत्तरदायित्व बहन र गुणस्तरीय सेवामा प्रतिवद्ध छौं । ठूला चाडवाडका बेला युरिक एसिड निःशुल्कदेखि सबै जाँचमा छुट दिँदैछौँ ।’
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution