राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको २४औँ साधारणसभा पोखरामा

  • पोखरा न्यूज
  • २०८१ आश्विन १०
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको २४औँ साधारणसभा पोखरामा

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २४औँ साधारणसभा तथा विधान अधिवेशन पोखरामा हुँदैछ ।

भोलि शुक्रबार र पर्सी शनिबार पोखरास्थित पोखरा सभागृह हलमा कार्यक्रम हुनेछ । कार्यक्रम उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।

कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कार्यक्रमका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश सहआयोजक र कास्की शाखाले व्यवस्थापनको जिम्मेवारी पाएको छ । केन्द्रीय समितिका केही पदाधिकारी तथा सदस्य पोखरा आइपुगेर तयारीमा जुटिसकेका छन् ।

प्रतिष्ठानको केन्द्रीय समितिको अन्तिम तयारी बैठक आजै पोखरामा बस्दैछ ।

विधान अधिवेशनले प्रतिष्ठानको विधान थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा देशभरबाट करिब छ सय जना प्रतिनिधि सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले साधारणसभा र विधान अधिवेशन प्रतिष्ठान र नेपाली लोक सङ्गीतको विकासका निम्ति अर्थपूर्ण बन्ने विश्वास लिएकी छन् ।

उनले भनिन्, साधारणसभाका लागि पोखराबासीलगायत स्वदेश तथा विदेशमा रहने लोक तथा दोहोरी सङ्गीत प्रेमी आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीको साथ, सहयोग, सल्लाह, सुझाव एवं शुभेच्छा प्राप्त हुनेछ ।’



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस