पोखरा । सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
तोलामा रु तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
बुधबार प्रतितोला रु एक लाख ६० हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार सात सय निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला रु एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution