भूमि अधिकारसम्बन्धी अभिमुखीकरण

  • पोखरा न्यूज
  • २०८१ आश्विन १०
भूमि अधिकारसम्बन्धी अभिमुखीकरण

पोखरा । राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भूमि अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।

कार्यक्रममा कास्की, गोर्खा, तनहुँ र नवलपुर जिल्लामा गठित भूमि अधिकार मञ्चका प्रतिनिधिको सहभागिता थियो ।

उनीहरुले आफ्नो जिल्ला स्तरीय मञ्चले गरेका गतिविधिलाई समेटेर प्रतिवेदन पेश गरेका थिए ।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जी र गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछाने भूमि अधिकारका समस्या समाधानमा अगुवा प्रतिनिधिले सोधेका जिज्ञासाको जवाफ दिएका थिए ।

सो अवसरमा केन्द्रीय सदस्य मनरुपा कुमाल, पूर्वकेन्द्रीय सदस्य कन्या गुरुङ, समाजसेवी महेन्द्र पोखरेल, तरवाढिक गुम्बाका उपाध्यक्ष यामबहादुर मोक्ताङलगायतले भूमि अधिकारबाट वञ्चितको पक्षमा नीति तथा कानून बनाइनुपर्ने बताए ।

कार्यक्रममा पुनर्वास कम्पनीबाट पीडितले उचित व्यवस्थापन र माग सम्बोधन नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।

मञ्च गण्डकीका अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भैरव गुरुङले र सञ्चालन प्रेमबहादुर गुरुङले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस