विश्व पर्यटन दिवसमा घरबास प्रवर्द्धन कार्यक्रम

  • पोखरा न्यूज
  • २०८१ आश्विन १०
विश्व पर्यटन दिवसमा घरबास प्रवर्द्धन कार्यक्रम

पोखरा । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशको आयोजनामा ४५औँ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित घरबास प्रवर्द्धन कार्यक्रम रिन्जे नासा होमस्टेमा सम्पन्न भएको छ ।

कार्यक्रमका पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएकाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै निकायलाई आग्रह गरे ।

कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयेजित कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन विकास समिति उपाध्यक्ष रवीन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रन्जन कार्की, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, एनटिभिएका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, रिन्जे नासा होमस्टेका अध्यक्ष समशेर गुरुङलगायतले बोलेका थिए ।

मञ्चकी अध्यक्ष शोभा सापकोटाको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण पहारी र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य भावना रानाभाटले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस