काठमाडौँ। एनएमबि बैङ्क लिमिटेडले नेपालको सबैभन्दा दिगो बैङ्क बन्ने स्ट्राटेजिक आकाङ्क्षा अनुसार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ।
दिगो युटिलिटी-स्केल सौर्य र कृषि परियोजनाको विकासका लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग गरेको छ।
अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैङ्क, एफएमओसँग दोस्रो सम्झौता गरेको छ।
नेपाल विद्युत् प्राधिकरणको नेपालभर आठ सय मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैङ्कले आफ्ना सौर्य ऊर्जासँग आबद्ध ग्राहकलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जलविद्युत परियोजनाका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्वतन्त्र दिगोपन मूल्याङ्कन कार्यान्वयन गरी जिम्मेवार बैङ्क बन्ने अभिप्रायका साथ अघि बढेको बैङ्कले जनाएकाे छ।
निकट भविष्यमा आफूले लगानी गरेका जलविद्युत परियोजनाका लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य बैङ्कले राखेको छ। जुन आयोजनाले स्थानीय समुदाय र उनीहरूको बसोबास्थलको उन्नति सुनिश्चित गर्दछ।
यी पहलले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैङ्कले लिएको छ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution