पोखरामा ‘डेंगु रोगसम्बन्धी सचेतना, खोज र नष्ट गर’ अभियान सञ्चालन

  • पोखरा न्यूज
  • २०८१ आश्विन १०
पोखरामा ‘डेंगु रोगसम्बन्धी सचेतना, खोज र नष्ट गर’ अभियान सञ्चालन

पोखरा । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीले ‘डेंगु रोगसम्बन्धी सचेतना, खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

पोखरा महानगरमा डेंगुको संक्रमण ह्वात्तै बढेपछि समुदायमै गएर सचेतना र डेंगु रोग संक्रमण गराउने एडिज लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान अअघि बढाइएको सञ्जालकी अध्यक्ष भीमा पौडेलले जानकारी दिइन् ।

उनका अनुसार डेंगुसम्बन्धी विभिन्न जनचेतनामूलक गीतमार्फत महानगरका ३३ वटै वडामा सचेतना फैलाउन लागिएको हो ।

पोखरा-६ बाट शुभारम्भ भएको कार्यक्रममा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्वस्थ्य स्वयंसेविकाले समुदायमा जनचेतना फैलाउँदा छिटो प्रभावकारी हुने दावी गरे ।

उनले डेंगुबाट बच्न नागरिक नै सजग हुनुपर्ने भन्दै समुदायमा डेंगु संक्रमण फैलिन नदिन खोज र नष्ट गर अभियान सबै ठाँउमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अभियान सबैको भएकाले सबै सामाजिक संघसंस्थाले पनि सचेतना फैलाउन लाग्नुपर्नेमा जोड दिए ।

उनले स्वास्थ्य महाशाखा महिला स्वास्थ्य स्वयंसेविका सञ्जालले गर्ने हरेक कार्यमा साथ र सहयोग रहने बताए । अभियानमा विभिन्न वडाका २५ जना स्वास्थ्य स्वयंसेविका सहभागी छन् ।

कार्यक्रम पोखरा-६ लेकसाइडबाट सुरु भई वडा नं. ५, ६, ७ र ८ का ग्यारेज, वर्कशप, होटल रेष्टुरण्ट, कवाडी कारखानालगायत विभिन्न स्थानमा पुगेर सचेत गराइएको थियो ।

सञ्जालकी अध्यक्ष भीमा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगीता बरालले गरेकी थिएन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस