
पोखरा । मोरङको विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ ।
बिहीबार साँझ ६ बजेतिर कोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट को१ख ४६०१ नम्बरको बस नदीमा खसेको प्रहरीले जनाएको छ ।
बसमा सबै यात्रुलाई उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसमा २६ जना यात्रु रहेकाे बताइएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।





