पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।
प्रतिबन्धित औषधि बेचबिखन गरेको आरोप लागेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् ।
भदौ २७ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो ।
श्रेष्ठ आजै धरौटी बुझाएर रिहा भएका छन् ।
लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।
प्रतिबन्धित ९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरिएको बयान दिएपछि सोहि बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution