एनएमबि बैङ्कद्वारा ‘एनएमबि नेक्स्टजेन बैङ्किङ लीडर्स स्कलरशीप’ घोषणा

  • पोखरा न्यूज
  • २०८१ आश्विन १०
एनएमबि बैङ्कद्वारा ‘एनएमबि नेक्स्टजेन बैङ्किङ लीडर्स स्कलरशीप’ घोषणा

पोखरा । एनएमबि बैङ्कले ‘एनएमबि नेक्स्टजेन बैङ्किङ लीडर्स स्कलरशीप’ को घोषणा गरेको छ । भविष्यका बैङ्किङ क्षेत्रका लिडरलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम घोषणा गरिएको हो ।

जसमा काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक-एक गरी सात जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरिएको छ ।

विद्यार्थीमा अग्रिमरूपमा नेतृत्व शैली विकास गर्दा बैङ्किङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने बैङ्कको विश्वास छ ।

छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान् विद्यार्थीमा लगानी गरी बैङ्किङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु भएको बैंकले जनाएको छ ।

बैङ्कले विद्यार्थीलाई बैङ्किङ क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै दक्ष बैङ्कर उत्पादन गरी बैङ्किङ क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

एनएमबिले लण्डनको दि फिनान्सियल टाइम्स “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको रुपमा “बैङ्क अफ दि इयर एसिया २०२१” को उपाधि प्राप्त गरेको थियो ।

साथै बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरिसकेको छ ।

बैङ्कले हाल देशभर दुई सय एक शाखा, एक सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस