पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार साँझदेखि आज शुक्रबार बिहान ७ः४५ बजेसम्म निरन्तर वर्षा भइरहेको छ । वर्षा मध्यम खालको रहेको छ ।
साथै देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताइन्छ । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ ।
गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
साथै गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ भने देशका तराई भूभागका केही स्थानमा हुरी बतास चल्ने सम्भावना छ ।
आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको तथा गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन ती भेगका सर्वसाधारणमा विभागले आग्रह गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution