पोखरा । निरन्तरको वर्षाका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ । वर्षाकै कारण आज बिहानैदेखि आन्तरिकतर्फको उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
प्रवक्ता रिन्जी शेर्पाका अनुसार भिजिबिलिटी कमजोर भएका कारण पोखरा, जनकपुर, सिमरा, धनगढीलगायत अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन ।
बाहिरका विमानस्थलको भिजिबिलिटी कमजोर भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन नसकेको बताइएको छ ।
अन्तर्राष्ट्रिय उडान र अवतरण भने भइरहेको शेर्पाले बताए ।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेको भिजिबिलिटी तीन हजार रहेको छ । भिजिबिलिटी एक हजार ६ सय भन्दा माथि भएमा विमान उडाउन र अवतरण गर्न सकिनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार यहाँबाट पनि कुनै पनि उडान हुन सकेको छैन । पोखरामा बिहीबार साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पोखराको जनजीवनसमेत प्रभावित बनेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution