पोखरा । होटल प्रतिनिधि समाज पोखराले स्थलमार्ग भएर आउने पर्यटकलाई पर्यटन बसपार्कमा स्वागत गरेको छ ।
४५औँ पर्यटन दिवसका अवसरमा समितिले पर्यटकको स्वागत गरेको हो । शुक्रबार स्थालमार्गबाट पोखरा आएका १५ जना पर्यटकको स्वागत गरिएको समितिले जनाएको छ ।
समिति अध्यक्ष माधव लम्सालका अनुसार स्थलमार्गबाट होटल बुकिङ नगरी आएका पर्यटकलाई होटलको कोठा र खानामा विशेष छुट दिइनेछ ।
साथै समितिले होटलमा बास बसेका पर्यटकलाई बिनाशुल्क एक दिनको साइटसिन गराउने अध्यक्ष लम्सालले बताए । साथै प्याराग्लाईडिङमा छुट, एक रात खान र बस्नमा ५० प्रतिशतसम्म छुटलगायत सेवा समितिबाट प्रदान हुने उनले बताए ।
पर्यटन दिवसका अवसरमा समितिका पदाधिकारी र सदस्यबीच शुभकामना आदान प्रदान तथा पर्यटन र शान्ति विषयमा अन्तरक्रिया कार्यक्रमसमेत भएको छ ।
अध्यक्ष लम्सालको अध्यक्षतामा र शिवप्रसाद अधिकारीको संयोजकत्वमा कार्यक्रम भएको हो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायलगायते विश्व पर्यटन दिवस र पर्यटनका लागि शान्तिका विषयमा बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution