पोखरा । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण देशका सयौँ सडक खण्ड पहिरोले अवरुद्ध भएका छन् ।
सो क्रममा पृथ्वीराजमार्गको मुग्लिन-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
यस सडकखण्डमा कोइराले, आठ किलो, नागढुङ्गा, सुरुङमार्गलगायतका ठाउँमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।
प्रहरीले पहिरो पन्छाएर सडक चालु गर्ने प्रयास जारी रहेको बताए पनि तत्काल सडक खण्ड चालु हुने सम्भावना कम छ । वर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्नसमेत प्रहरीले आग्रह गरेको छ ।
आइतबारसम्मै वर्षा हुने भएकाले सचेतना अपनाउन पनि आग्रह गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution