पोखरा । बालरोग विशेषज्ञ डा. यज्ञराज सिग्देलले मुटु रोगबाट बचाउन बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।
विश्व मुट दिवस (२९ सेप्टेम्बर) को अवसरमा हृदयरोग निवारण प्रतिष्ठान कास्कीद्वारा पोखरा-८ सिमलचौरस्थित श्रीराम आधारभूत विद्यालयमा बालबालिकाका लागि आयोजित मुटुरोग प्रशिक्षण कार्यक्रममामा डा. सिग्देलले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय बालबालिकाको खानपिनमा हुने लापर्वाहीका कारण अन्य रोगसँगै मुटुसम्बन्धी समस्या आउने स्पष्ट पारे ।
प्रतिष्ठानका सभापति केदार ढकालको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपाने र प्रतिष्ठानका सचिव नवीनराज बराललगायतले बोलेका थिए ।
वक्ताले मुटुरोग निवारणका लागि घरदेखि विद्यालय हुँदै स्थानीय तहदेखि नै सचेत हुन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६, ७ र ८ का विद्यार्थीसँगै शिक्षकशिक्षिका सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution