पोखरा । पोखरास्थित कैलाश बचत तथा ऋण सहकारी संस्थाले पोखरा फोटोग्राफर संघको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई गरेको छ ।
सहकारीका अध्यक्ष षडानन्द अधिकारीले पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङलगायत कार्यसमिति तथा महिला उपसमिति संयोजकलाई बधाई तथा शुभकामनासहित मायाको चिनो, सम्मानपत्र तथा खादाले सम्मान गरेका थिए ।
साथै हालै सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित संस्थाका लेखा संयोजक परशुराम शर्मा, पोखरा फोटोग्राफी अवार्डको कैलाश फोटोग्राफर अफ द इयर विधामा फोटोग्राफर अफ द इयर हुन सफल पुन सारु मगर, हितैषी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदनप्रसाद आचार्य, पोखरा चेम्वर अफ कमर्सका कोषाध्यक्ष जीवन ढुंगानालाई समेत बधाई तथा शुभकामनासहित सम्मानपत्र तथा खादाले सम्मान गरिएको थियो ।
उक्त अवसरमा संघका नवनर्वाचित अध्यक्ष तामाङले सहकारीले फोटोग्राफरको आर्थिक तथा व्यावसायिक उन्नतिमा अहम् भूमिका खेलेको बताए ।
पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गाप्रसाद पौडेलले सहकारी नै आफूहरुका जीवन रहेकोले यसलाई जीवनको उत्तरार्द्धसम्म आर्थिक आय आर्जनको बाटो बनाउनपर्नेमा जोड दिए ।
पूर्वअध्यक्ष जीवन ढुंगानाले सहकारीको स्थापना कालदेखि विभिन्न आरोह-अवरोह पार गर्दै अहिलेको स्थितिसम्म आउनुमा फोटोग्राफर सेयर सदस्यको हात रहेको बताए ।
पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक शिवहरी अधिकारीले संस्थालाई माथि उठाउन सबै सियो र धागो बनेर जोड्न तिर लाग्नुपर्ने बताए ।
सम्मानित ब्यक्तित्व पुरन सारु मगर, मदन प्रसाद आचार्य, परशुराम शर्मालगायतले कार्यक्रममा बोलेका थिए ।
सहकारीका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महिला समिति संयोजक पूर्णकुमारी थापाले सहकारी सिद्धान्त वाचन, उपाध्यक्ष विनोद ढकालले स्वागत र सचिव बिष्णुहरी अधिकारीले सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution