|फाइल तस्बिर
मनाङ । मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
काभ्रेभिरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने बेँसीसहर-चाम सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए ।
“मनाङ पर्यटकीय क्षेत्र भएकाले यतिबेला पर्यटकको बढी आवतजावत हुन्छ तर सडक अवरुद्ध हुँदा स्थानीयका साथै पर्यटकलाई असर गरेको छ”, उनले भने ।
निरन्तर वर्षा भइरहेकाले जिल्लावासीलाई सचेत तथा सजक रहन आग्रह गरिएको प्रजिअ आचार्यले बताए ।
“मनाङ बाढी पहिरोको जोखिमयुक्त क्षेत्र भएकाले सचेत रहन जिल्लावासीलाई आग्रह गरिएको छ”, उनले भने “अत्यावश्यक बाहेकका काममा लामो तथा छोटो दुरीको यात्रा नगर्नसमेत आग्रह गरिएको छ ।”
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution