पहिराले कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध

  • पोखरा न्यूज
  • २०८१ आश्विन ११
पहिराले कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध

|फाइल तस्बिर

बागलुङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कोरिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा लेदोसहित पहिरो झर्दा कोरिडोर पूर्णरुपमा बन्द भएको हो ।

उक्त सडकखण्ड दुई महिनादेखि अवरुद्ध भइ बिहीबार मात्रै सञ्चालनमा आएको थियो । तर बिहीबारदेखि नै भारी वर्षा हुँदा कोरिडोर अवरुद्ध भएको प्रहरी चौकी मालढुङ्गाका प्रमुख भोजबहादुर गुरुङले जानकारी दिए ।

सडक पूर्णरुपमा बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रदेखि जिल्ला सदरमुकामको सिधा सम्पर्क विच्छेद भएको उनको भनाइ छ ।

चीन-भारत जोड्ने गरी निर्माण भएको कोरिडोर वर्खाको समयमा बन्द हुने गरेको छ । सडक अवरुद्ध हुँदा बागलुङ बलेवा, जैमिनी, बरेङ सञ्चालन हुने यातायात ठप्प भएका छन् । जसका कारण यात्रु अलपत्र परेको गुरुङले बताए ।

कोरडोर हुँदै बुटवल, भैरवाह दलगायत तराई क्षेत्रमा सञ्चालन हुने यातायात बर्खा सुरु भएपछि चल्न सकेका छैनन् ।

करिडोरको विकल्पमा दब्ल्याङ-कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइए पनि ठूलो वर्षाका कारण यातायातका साधान चल्न सकेका छैनन् ।

अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन संभवन नभएको उनी बताउछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस