पोखरामा रोकिएन वर्षा, कास्कीमा कति मापन भयो वर्षा ?

  • पोखरा न्यूज
  • २०८१ आश्विन १२
पोखरामा रोकिएन वर्षा, कास्कीमा कति मापन भयो वर्षा ?

पोखरा । पोखरामा बिहीबार साँझदेखि आज बिहान ७ः०० बजेसम्म निरन्तर वर्षा भइरहेको छ । वर्षा मध्यम खालको छ ।

पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा एक सय ३३ दशमलव ८६, लुम्लेमा ८९ दशमलव २, सिक्लेसमा ८९दशमलव ८, छोमरोङमा ८६दशमलव८ मिलिलिटर वर्षा भएको छ । तर कास्की रेड जोनमा भने अहिलेसम्म परेको छैन ।

गण्डकी प्रदेशको तनहुँमा २५७दशमलव४, पर्वतमा १८१दशमलव८, लमजुङमा १७८, गोरखामा १६०दशमलव४, स्याङ्जामा १६३ मिलिलिटर वर्षा भएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति धेरै वर्षाको पनि सम्भावना छ । देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकाे विभागद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस