नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

  • पोखरा न्यूज
  • २०८१ आश्विन १२
नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

|फाइल तस्बिर

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्णरूपमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारीसाधन पास हुन सकेका छैनन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस