चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्डअन्तर्गत ९ किलोमा सडक भासिएको छ ।
सडक दबेका कारण सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
सडक भासिएको ठाउँमा एउटा गाडी पल्टिएको छ ।
भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकोले उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
लगातारको वर्षाको कारणले गएराति यस सडकमा यातायातमा रोक लगाइएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution