पोखरा । किताब पढ्ने र किताबका कुरा गर्नेको जमघट भइरहने रिडर्स कर्नरमा दशै किताब मेला शुरू भएको छ। पोखराको न्यूरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो ।
यसअघि पनि रिडर्स कर्नरले पाठकलाई किताब खरिद गर्दा छुट दिँदै आएको छ । ‘आठौँ रिडर्स अर्पचुनिटी मेला’ नाम दिइएको किताब मेलामा पाठकले नेपाली, अँग्रेजी, हिन्दी भाषामा लेखिएका विविध विधाका किताब खरिद गर्न सक्ने छन् ।
किताब खरिद गर्दा एक हजार नौ ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १० प्रतिशत, दुई हजारदेखि तीन हजार चार सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाउने छन्।
यसैगरी ३५ सयदेखि चार हजार नौ ९९ रूपैयाँसम्म किताब खरिद गर्दा २० प्रतिशत र पाँच जार रूपैयाँ भन्दा माथि २५ प्रतिशतसम्म छुट पाइने रिडर्स कर्नरका सञ्चालक भावना थपलियाले जानकारी दिइन् ।
“रिडर्सले यसअघिका वर्षमा पनि दशैँको मौका पारेर किताब खरिदमा छुटको व्यवस्था गर्दै आइरहेको छ, सधैँ जस्तो यसपालि पनि किताब खरिद गर्दा छुटको व्यवस्था गरेका छौँ,” उनले भनिन्, “पाठकले आएर जुन विधाको किताब मन पर्छ छानीछानी किताब किनेर, उति नै छुट पनि पाउन सक्नुहुनेछ ।”
असोज १ देखि शुरू भएको किताब मेला असोज २४ गतेसम्म चल्नेछ । रिडर्स किताब मेलाको फाइदा उलेख्य पाठकले लिइरहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution