धादिङ । धादिङबेसी मलेखु सडक (कालुपाण्डे मार्ग) अन्तर्गत नीलकण्ठ नगरपालिका-८ दारेगौँडा र साँघुटारमा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।
अविरल बर्षाको कारण शनिबार बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि सडक मा सवारी आवागमन रोकिन पुगेको हो ।
पहिरोले ढुंगा र रुख खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले जोखिम अत्याधिक छ।
जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक(कालुपाण्डे मार्ग) अवरुद्ध हुँदा सदरमुकामबाट काठमाण्डौं, नारायणगढ, पोखरालगायत अन्य स्थानतर्फ छुटेका र विभिन्न स्थानबाट सदरमुकाम आएका सवारीसाधन बाटोमै रोकिएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution