|फाइल तस्बिर
नवलपुर । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) खण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षाले बौदीकाली गाउँपालिकाको मचेडी देउँसी खोल्सी र ठूलो खोलामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
गैँडाकोट नगरपालिका-३ च्यान डाँडामा सालको रुख ढलेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुकबहादुर गुरुङले बताए ।
अहिले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसकिएको बताउँद वर्षा रोकिएपछि सडक सञ्चालन गरिने उनले जानकारी दिए ।
कालीगण्डकी कोरिडोर अवरुद्ध भएसँगै नारायणगढ-गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
लगातारको वर्षाले विभिन्न ग्रामीण सडक अवरुद्ध हुनुका साथै समथर भूभागमा डुबान र सडक कटान जोखिममा परेका प्रहरी सहायक निरीक्षक गुरुङले बताए ।
जिल्लाको हुप्सेकोट गाउँपालिका-३ बेलहानीमा डुबानका कारण एउटा परिवार विस्थापित भएका प्रहरी सहायक निरीक्षक भरत थापाले बताए ।
स्थानीय दुर्गा देवकोटाको घर डुबानमा परेपछि उद्धार गरी अन्यत्र सारिएको उनले उल्लेख गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution