झयाप्ले खेलामा पुरिएको बसबाट दुई शव निकालियो, १० जनाकाे अवस्था अज्ञात

  • पोखरा न्यूज
  • २०८१ आश्विन १२
झयाप्ले खेलामा पुरिएको बसबाट दुई शव निकालियो, १० जनाकाे अवस्था अज्ञात

|झयाप्ले खेलामा पहिरोले पुरिएको बस

धादिङ । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका-९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ ।

शनिबार बिहान बुटवलबाट काठमाडाैँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए ।

ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । बसमा चालकसहित १२ जना रहेको बताइएको छ ।

“बस मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिएका छन्, अहिलेसम्म यात्रु कोही पनि सम्पर्कमा छैनन्”, उनले भने ।

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे-नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ ।

हिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन खण्ड क्षतविक्षत छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस