पोखरा । अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ ।
यस्तै ७२ जना बेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ ।
यस्तै देशभर एक सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब चार हजार जनशक्ति परिचालित भई एक हजार चार सय ५७ जनाको सकुशल उद्धार गरिएको उनले बताए ।
उनका अनुसार उपत्यकामा ३४ जनाको मृत्यु, २१ जना वेपत्ता र १५ जना घाइते भएका छन् ।
यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी आठ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने एक सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, नौ जना वेपत्ता र दुई जना घाइते भएका छन् ।
मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानमा भौतिक क्षति र एक जना वेपत्ता भएका छन् ।
यसैगरी बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी चार सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएको उनले बताए । नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनामा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार पाँच सय ४० जना जनशक्ति परिचालि गरिएको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution