पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३औँ साधारणभा तथा आठौँ अधिवेशनले अध्यक्षमा गुरुलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिवमा महेश पौडेल, कोषाध्यक्षमा हरिबहादुर बरुवाल र सहकोषाध्यक्षमा रमेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।
कार्यसमिति सदस्यमा दिनेशकुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओमबहादुर गुरुङ, भरतकुमार आले, यामबहादुर गुरुङ, इन्द्रा मल्ल, रामबहादुर क्षत्री, शान्ति थापा वैद्य, अनिल सिं, पुरन कुँवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बालाकुमारी गुरुङ, श्यामबहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ छन् ।
यसअघि साधारण उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलले नेपाली खेलकुदको विकासमा तीन तहकै सरकारले सघाउनुपर्नेमा जोड दिए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले नेपाली खेलकुदमा गौरवपूर्ण यात्रा तय गरेका पूर्व खेलाडीहरु प्रदेशको खेलकुद विकासमा सम्पत्तिको रुपमा ग्रहण गर्नुपर्ने बताए ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले गण्डकी प्रदेश खेलकुद पर्यटनका लागि सम्भावना भएको प्रदेश भएको बताए ।
कार्यक्रम रोटरी क्लब ३२९२ का गभर्नर विनोद कोइरालाले सामाजिक विकासको अभियानमा खेलकुद महत्वपूर्ण रहेको उल्लेख गरे ।
ब्रिटिस कलेज पोखराका शाखा प्रमुख बिमल कोइरालाले शिक्षा र खेलकुद एकअर्काको पर्याय भएकाले आफ्नो कलेजले पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग सहकार्यमा अघि बढेको बताए ।
पूर्वअध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा चुनौतीसँगै अवसर रहेकोले युवालाई उत्साहित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, पत्रकार विनोद लामिछाने र युवा एथ्लेटिक्स खेलाडी बादल कार्कीलाई सम्मान गरेको छ ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कृष्ण तिमिल्सिनाले भावी कार्य योजनासहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलको आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution