तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ मादी पुल नजिक सडक भासिएको ठाउँ मर्मतपछि सञ्चालनमा आएको छ ।
शनिबार बिहान ७ बजे सडक भासिएपछि दमौली-चापाघाट अवरुद्ध भएकामा १० घण्टापछि साँझ ५ बजे सडक पुनः सञ्चालनमा आएको हो ।
भासिएको सडकमा ह्युमपाइप राखेपछि उक्त खण्ड सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
मुग्लिन पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण शनिबार बिहान उक्त ठाउँमा सडक भासिएको थियो ।
सडक सञ्चालन भएपछि लामो समयदेखि अलपत्र परेका सर्वसाधारण गन्तव्यमा लागेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution