नेपाल क्यानडासँग १४ रनले पराजित

  • पोखरा न्यूज
  • २०८१ आश्विन १३
नेपाल क्यानडासँग १४ रनले पराजित

पोखरा । नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ । त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आइतबार राति १ः३० मा सम्प्न्न पहिलो खेलमा एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय नौ रनमा अल आउट हुन पुगेको हो ।

नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३७ रन बनाए । ओपनर अनिल साह नौ र आसिफ शेख आठ रनमा आउट भए ।

यस्तै देव खनाल ११, कुशल मल्ल १२, मध्यक्रममा झरेका कुशल भुर्तेल सात, दीपेन्द्रसिंह ऐरी छ, सोमपाल कामी एक, सन्दीप लामिछाने १० र करण केसी पाँच रनमा आउट भए ।

क्यानडाका कलिम सानाले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । साद बिन जाफरले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिए । प्रविन कुमार र अखिल कुमारले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियो । नेपालले दोस्रो खेल आइतबार राति ओमानसँग खेल्नेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस