पोखरा । आज विश्व मुटु दिवस । हरेक वर्षको सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिन्छ । यो दिवस विश्वभर नै मनाउने गरिन्छ ।
नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको अनुमान छ ।
प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ ।
बर्सेनी एक हजार बालबालिका बाथ मुटु रोगका कारण हार्ट फेल भएर मृत्यु हुने गरेको प्रतिष्ठानले जनाएको छ । ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने, ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्ने गरेको प्रतिष्ठानले जनाएको छ ।
मुटु रोगका कारण विश्वमा बर्सेनी एक करोड ८० लाख मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये विकासोन्मुख देशमा मुटु रोगबाट मर्नेको संख्या ८० प्रतिशतभन्दा बढी छन् ।
सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको संख्या बर्सेनी दुई करोड ५० लाख पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
विकोसोन्मुख देशमा हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशतबाट ३५ प्रतिशतमा पुग्ने अनुमान छ ।
अस्वस्थकर जीवनशैलीका कारण मुटु रोग बढ्दै गएको चिकित्सक बताउँछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution