पोखरा । गोरखा जिल्लाकाे धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँका लागि हिंडेको यात्रुबस सम्पर्कविहीन भएपछि खोजी कार्य शुरु भएको छ ।
बस हराएको सूचना प्राप्त भएको र खोजीका लागि समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले बस खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिए ।
दरौँदी यातायात सेवा कम्पनी प्रालिको ना४ख २२७० नम्बरको बस शुक्रबार काठमाडौँका लागि हिंडेको थियो ।
कम्पनी अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार राति करिब १० बजे धादिङको खानीखोला पुगेको जानकारी पाइएको थियो । त्यसपछि शुक्रबार चालक र अन्य कर्मचारी कसैसँग पनि सम्पर्क हुन नसकेको उनले बताए ।
हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन अध्यक्ष खत्रीले आग्रह गरेका छन् । बस, चालक र कर्मचारीबारे जानकारी पाइएमा खबर गरिदिन पनि उनले आग्रह गरेका छन् । मुग्लिन पुग्दा बसमा एक यात्रु र तीन जना मात्रै कर्मचारी रहेको पाइएको उनले बताए ।
यस सम्बन्धमा केही जानकारी पाइएमा ९८६११५२३३३ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा पुरिएको आशंकामा सोही स्थानमा खोजी केन्द्रित गरिएको छ । पछिल्लो समाचार अनुसार झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको पाइएको छ । शनिबार सोही स्थानमा पुरिएको दुई बसबाट १४ जनाको शव निकालिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution