पाेखरा। मुस्ताङमा लगातारको झरीका कारण बाढी पसेर सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा क्षति पुगेको छ ।
पाखाबाट गेग्रानसहितको बाढी आएर बेनी-जोमसोम-कोरला सडकको जोमसोम-छुसाङ र कागबेनी-मुक्तिनाथ सडक भत्काएको प्रहरीले जनाएकाे छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङका अनुसार पहिरोले यसैसाता मात्र कालोपत्र गरिएको जोमसोम-कागबेनी सडकमा क्षति पुर्याएको छ ।
शनिबार दिनभर जोमसोम-कोरला र कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावतमा समस्या भएको उनले बताए ।
बेनी-जोमसोम-कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रवक्ता गुरुङले बताए ।
बाढी पसेर स्याउ बगैँचा, आलु र जौँबालीमा क्षति पुगेको वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए । भित्र्याउने बेलाको खाद्यबाली, बजार पठाउने तयारी गरेको आलु र स्याउमा क्षति पुग्दा किसान मारमा परेकाे उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution