मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन

  • पोखरा न्यूज
  • २०८१ आश्विन १३
मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन

पोखरा । मौसमअनुकूल भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य सात वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।

आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतबाहेक पोखरासहित अन्य विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।

मौसम खराबीका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार दिउँसो २ बजेदेखि वर्षा रोकिएको छ । बिहीबार साँझदेखि निरन्तर वर्षा भए पनि पोखरामा कुनै अप्रिय घटना भने भएको छैन ।

अहिले बिहान करिब ११ः४५ बजेको समयमा पोखरामा मौसम खुलेर घाम लागेको छ भने जनजीवन पनि सहज बन्दै गएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस