पोखरास्थित रेन्बो चिल्ड्रेन होम नेपालको १६औँ साधारणसभा

  • पोखरा न्यूज
  • २०८१ आश्विन १३
पोखरास्थित रेन्बो चिल्ड्रेन होम नेपालको १६औँ साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ डिहिकोपाटनस्थित रेन्बो चिल्ड्रेन होम नेपालको १६औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

सभा उद्घाटन गर्दै पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले संस्थाले सहाराबिहीन बालबालिकालाई आवासीयरूपमा शिक्षादीक्षाको व्यवस्था गरेर प्रशंसनीय कार्य गरेको बताए ।

उनले संस्थालाई प्रभावकारी बनाउन वडाले सहकार्य गरी अघि बढने प्रतिबद्धता समेत जनाए ।

संस्थाकी सञ्चालक गोमा ढकालले हाल २४ जना बालबालिकालाई आवासीय सुविधासहित अध्यापन गराउँदै आएकोमा ५० जना बालबालिकालाई उनकै घर परिवारसँगै राखेर होम सपोर्ट गरेको बताइन् ।

साथै २७ जनालाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको र केहीलाई सहयोग गरी आफ्नै घर परिवारसँग पुनःस्थापना गराउन सफल भएको उनको भनाइ छ ।

संस्थाका बरिष्ठ सल्लाहकार अग्नी कँडेलले वर्तमान अवस्थामा यस्तो पवित्र कार्यमा सहयोगी हात बढाउनुपर्नेमा जोड दिए ।

गैर सहकारी संस्थाका केन्द्रीय सदस्य विजय प्रधानले विगत १६ वर्षको इतिहासलाई हेर्दा संस्थाले आर्थिक अवस्था कमजोर भएका, विभिन्न खाले जोखिममा रहेका बालिकाको उद्धार, परामर्श, सहयोग तथा पुनःस्थापना गर्ने कार्य गर्दै आएको बताए । राज्यले गर्नुपर्ने काम बालगृहले गरेको तर राज्यबाट पाउने पर्ने सहयोग नपाइएको गुनासो गरे ।

टान पोखराका अध्यक्ष कृष्णप्रसाद आर्चायले संस्थाले बालबालिकालाई सुरक्षित आप्रवासन प्रदान गरेको गरेको भन्दै बालबालिका अभिभावकत्वसहित पारिवारिक वातावरण प्रदान गरेकोमा खुशी प्रकट गरे ।

कार्यक्रममा अन्नपूर्ण आमा समूहकी अध्यक्ष रेणु लामिछाने र नमूना आमा समूह बैदामकी अध्यक्ष जुना अधिकारीले पनि बोलेका थिए ।

संस्थाकी अध्यक्ष कमला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शर्मिला थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिष्णु आर्चायले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस