पोखरामा प्रदेश स्तरीय ‘गण्डकी स्वजागरण’ कार्यक्रम

पोखरा । पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए ।

जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफू भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले योगले सबैमा प्रेमभाव जगाई मानवीयताको विकास गर्दै सकारात्मक भावना ल्याउन र तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

योग ध्यान र जीवन विज्ञानको महत्व जनजनलाई बुझाउन सकिन्छ भन्ने उद्देश्यले प्रदेश सरकारले चालु आवदेखि स्थानीय तहसँगको साझेदारीमा सबै स्थानीय तहमा योग ध्यानका कार्यक्रम सञ्चालन गर्ने गरी बजेट व्यवस्था गरेको मन्त्री थापाले जानकारी दिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीलाई सकारात्मक दिशामा लैजान योगको कार्यक्रमलाई निरन्तरता दिने बताए ।

समाजलाई नकारात्मकताको बाटो भन्दा पनि सकारात्मकता बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको पाण्डेले औंल्याए ।

प्रदेशको नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको विषय भएकाले ८५ वटै पालिकालाई योग ध्यानको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशनसमेत दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, सभामुख, उपसभामुख, मन्त्री, सांसदसहित ८५ वटै पालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षकलगायत पाँच सय भन्दा बढी सहभागी भएका थिए ।

कार्यक्रमलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले स्वागत गरेका थिए भने मन्त्री विन्दुकुमार थापाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button