पोखरामा दिपल गाडीको शोरुम शुभारम्भ

  • पोखरा न्यूज
  • २०८१ आश्विन १३
पोखरामा दिपल गाडीको शोरुम शुभारम्भ

पोखरा । चिनियाँ विद्युतीय गाडी दिपलका लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा लागि हिमालय अर्गनाइजेशनअन्तगर्तको हिमालय मोटरक्स प्रालिलाई आधिकारिक बिक्रेतामा नियक्त गरेको छ ।

पोखरा शोरुम गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शुभारम्भ गरे । सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का समेत सहभागी थिए ।

अब पोखराको नयाँबजारस्थित हिमालय मोटरक्स प्रालिको शोरुममा गएर दिपल गाडी बुकिङ गर्न सकिनेछ ।

हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल दिपल गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । टेस्ट ड्राइभका लागि एक साता भित्र गाडी पोखरामा उपलब्ध हुने थापाले बताए ।

पोखरामा दिपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेल उपलब्ध हुने बताइएको छ । गाडी बुकिङ गर्ने ग्राहकलाई एक साता भित्रै गाडी उपलब्ध गराइने उनले जानकारी दिए ।

दिपलको एस ०७ इ एसयूभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार सिंगल चार्जमा चार सय १० देखि चार सय ८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । एल ०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ रहेको बताइन्छ ।

हिमालय अगनाईजेशनअन्तर्गतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडीका लागि नेपालको आधिकारिक विक्रेता हो ।

विगत तीन दशक भन्दा बढी समय यस अर्गनाइजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहँदै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस