पोखरा । यस वर्षको दशैँका लागि सुकिला नोट सटही शुरु भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि आगामी २२ गते मंगलबारसम्म सुकिला नोट साट्न पाइने जनाएको छ ।
साना दरका नोट सटहीको लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (पोखरा, विराटनगर, जनकपुर, वीरगञ्ज, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने बैंकले जनाएको छ ।
साथै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाटसमेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्रबैंकमा गई नोट सटही गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution