पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नवप्रभात स्कुलका विद्यार्थीलाई मुटु रोगसम्बन्धी प्रशिक्षण दिइएको छ ।
विश्व मुटु दिवसको अवसर पारेर हृदयरोग निवारण प्रतिष्ठान कास्कीले एक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा विद्यालयमा अध्ययनरत ८, ९ र १० कक्षाका विद्यार्थीका साथै शिक्षक-शिक्षिका सहभागी थिए ।
बालरोग विशेषज्ञ डा. यज्ञराज सिग्देलले सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । डा. सिग्देलले मुटु रोगबाट बच्नका लागि बालबालिकाको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य शिक्षा पनि अपरिहार्य हुने बताए ।
उनले अभिभावकसँगै बालबालिकाको शारीरिक अभ्यास र खानपिनमा ख्याल गर्न सकिए मुटुसँगै शरीर स्वस्थ राख्न सकिने स्पष्ट पारे ।
डा. सिग्देलले भने, ‘विश्वव्यापीरुपमै वातावरणीय प्रदूषणका कारण पनि मुटुरोग समस्या बढिरहेको पाइन्छ, अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, मानसिक तनाब, मोटोपना, प्रदुषण र नियमित स्वास्थ्य जाँच नगर्नु, चुरोट र अत्यधिक मदिरा सेवन युवामा हुने मुटुरोगको प्रमुख कारणको रुपमा लिन सकिन्छ ।’
धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थको सेवन गर्ने चलनले पनि उच्च रक्तचापको समस्या बढेको विभिन्न अनुसन्धानले पुष्टि गरेको उनले बताए ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उनले बताए ।
उनले थपे, ‘स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गलाई स्वस्थ राख्न मद्दत गर्दछ, वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुरालाई स्वस्थ आहार भनिन्छ, फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ ।’
डा. सिग्देलले फलफूल र सागसब्जीमा पाइने भिटामिनले हाम्रो रोग निरोधक क्षमतालाई बढाउने र सङ्क्रमण हुनबाट बचाउने स्पष्ट पारे ।
अधिकांशमा मुटु रोगप्रतिको सचेतना अझै आउन नसकेको भन्दै आधुनिकीकरणले अस्वस्थ जीवनशैली बढिरहेको देखिएको उनले बताए ।
प्रतिष्ठानका सभापति केदार ढकालको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मायाकुमारी थापा, प्रतिष्ठानका सचिव नवीनराज बराल र कोषाध्यक्ष उमा ठकुरीलगायतले मुटुरोग निवारणका लागि जनस्तरमा प्राभावकारी कार्यक्रम सञ्चालन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution