|फाइल तस्बिर
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा दिउँसो पहिरो खस्दा अवरुद्ध भएको विमलनगर-आँबुखैरेनी खण्ड सञ्चालन भएको छ ।
चुनपहरा नजिक ठूलो ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
प्रहरी, स्थानीय तथा जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर राजमार्ग नियमित सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
उनका अनुसार पहिराले अवरुद्ध भएका पृथ्वीराजमार्गअन्तर्गत जिल्लाका विभिन्न खण्डमा एकतर्फी रुपमा आवागमन सञ्चालन भइरहेका छन् ।
शनिबारको पहिरोले अवरुद्ध भएको व्यास नगरपालिका-२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका-१ चिसापानी र व्यास नगरपालिका-३ मादी पुल नजिक एकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइरहेका प्रनाउ रायले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution