पोखरा । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले ओमान सामू एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले पूरै २० ओभर खेलेर छ विकेट गुमाउँदै एक ७६ रन बनाउन सफल भएको हो ।
जसमा गुलशन झाले ४० रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले १८ रन, आसिफ शेख र अनिल साहले २७-२७ रनको योगदान दिए ।
देव खनाल र कप्तान रोहित पौडेल भने दुई, दुई रनमै आउट भए । यस्तै कुशल मल्ल ३० तथा कुशल भुर्तेल २० रनमा आउट भए ।
ओमानका अकिब इलियासले तीन तथा सकिल अहमद, फयाज बट र जिशान मकसुदले एक, एक विकेट लिए ।
नेपालको यो दोस्रो खेल हो । आइतबार भएकाे पहिलाे खेलमा आयोजक क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution