पाेखरा । क्यानाडा भ्रमणमा रहेको नेपालको हारको श्रृंखला तोडिएको छ । नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराति सम्पन्न त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ७७ रनको लक्ष्य ओमान १९दशमलव१ ओभरमा अल आउट हुँदै १ सय ३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
ओमानका लागि शोएब खानले सर्वाधिक ४५ रन बनाए भने राफिउल्लले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिएका थिए भने कुशल भुर्तेल र गुल्सन झाले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।
यो नेपालको श्रृंखलामा दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल क्यानाडासँग १४ रनले पराजित भएको थियो ।
यसअघि विश्वकप लिग २ मा नेपालले क्यानाडासँग दुवै खेल हारेको थियो भने ओमानले एक खेल जितेको थियो भने एक खेल वर्षाले अवरुद्ध भएको थियो ।
अब नेपालले टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपालले मंगलबार क्यानाडासँग र बुधबार ओमानसँग खेल्ने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution