नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

  • पोखरा न्यूज
  • २०८१ आश्विन १४
नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

पोखरा । नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि भएको छ ।

सोमबार नेप्से ४४दशमलव४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो ।

सोमबार ३१९ कम्पनीको कारोबार हुँदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार सीईडीबी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै प्रभु सेलेक्ट फन्डको शेयर मूल्य सबैभन्दा बढी ९दशमलव३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी सीईडीबी हाइड्रोको सबैभन्दा बढी १७ करोड ६९ लाख ६४ हजारको शेयर कारोबार भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस