पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।
अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसमा पेशी तोकिएको छ ।
सहकारी ठगीमा पक्राउ परेका गोरखा मिडियाका संचालकसमेत रहेका जोशीलाई कास्की जिल्ला अदालतले पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनी पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई पोखरा ल्याएर अदालत पेश गरिएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution