पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ध्यानाकर्षण गराएको छ । परिषद्को सोमबार बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
परिषदका सदस्य सचिव श्रीधर शर्माले कर्णाली प्रदेशमा मंसिर २ देखि सुरु हुने भनिएको दशौँ राष्ट्रिय खेलकुदमा देखिएको अन्यौलताले समग्र खेलकुद क्षेत्र प्रभावित भएकाले ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।
उनले भने, “अहिले समग्र खेलकुद क्षेत्रमा अन्यौलता छ, दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु पर्ने बेला अब के गर्ने प्रश्न सबैतर्फ छाएको छ, यसले खेल संघ र तयारी गरिरहेका खेलाडीलाई समेत निराशा छाएको छ ।”
बैठकले दशौँ राष्ट्रिय खेलकुदको मिति सुनिश्चित नभएसम्मका लागि प्रदेशका खेल संघ र खेलाडीलाई आआफ्नो ठाउँमा रहेर आन्तरिक तयारी गर्नसमेत आग्रह गरेको छ ।
दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरा रंगशालास्थित साविकको पश्चिमाञ्चल क्षेत्रीय खेलकुदको कार्यालयमा प्रदेश प्रशिक्षण शाखा गठन गरी तयारी सुरु गर्ने परिषद्ले जनाएको छ ।
सदस्य सचिव शर्माले खेलाडी उत्पादनको मुख्य कार्यक्रममा ‘राष्ट्रपति रनिङ शिल्ड’ संघीय सरकारले बजेट विनियोजन नगर्दा समग्र कार्यक्रम नै प्रभावित भएको बताए ।
उनले भने, “राष्ट्रपति रनिङ शिल्डका लागि पालिका, जिल्ला र प्रदेशका लागि बजेट विनियोजन हुने गरेको थियो, तर यो वर्षबाट रकम विनियोजन भएको छैन, जसका कारण चौतर्फी अन्यौलता बनेको छ, हामी युवा उमेर समूहको यो प्रतियोगिताका लागि यथाशीघ्र बजेट विनियोजन गर्न ध्यानाकर्षण गर्ने निर्णय गरेका छौँ ।”
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution